आज बिहानै खण्डग्रास सूर्य ग्रहण : भूकम्प र सुनामी योग

0 7

 

काठमाडौं फागुन २६। आज बिहान ग्रस्तोदिन खन्डग्रास सुर्य ग्रहण छ। यसलाई काठमाडौंको आकाशमा सुर्य उदाएपछी सात बजेर २ मिनेट सम्म देख्न सकिन्छ। ज्योतिष गणना अनुसार बिहान ५ बजेर ५६ मिनेट देखी सुर्यमा ग्रहण लाग्ने भएता पनि यसलाई सुर्य उदाए पछी मात्र हेर्न सकिन्छ।

प्रचलित ज्योतिष अनुसार भोली फाल्गुन कृष्ण औसी तिथी ८ बजेर ६ मिनेट सम्म छ। त्यस पछी फाल्गुन सुक्ल प्र्तिपदा लाग्ने छ। सुर्य ग्रहण बिहान ६ बजेर १९ मिनेटमा सुरु हुने, ६ बजेर २८ मिनेटमा मध्य र ७ बजेर २ मिनेटमा मोक्ष हुने छ। प्रचलित ज्योतिष अनुसार ग्रहण लाग्द चन्द्रमा पुर्वभाद्रपदा नक्षत्र कुम्भ राशीमा भ्रमण गर्दैहुनेछ। जसलाई आधार बनाएर फल बताउदा पुर्वभाद्रपदा नक्षत्र एवम कुम्भ राशी भएका व्यक्तीहरुलाई अती कस्ट पुग्ने भन्न सकिन्छ। यस्तो समयमा दान दक्षिणा, इस्वर आराधना गर्नु पर्छ।

अन्य राशीहरुका लागि भने मेष लाई लाभ, बृष लाई सुख, मिथुनलाई मान नाश , कर्कटलाई कस्ट, सिहलाई स्त्रिपिडा , कन्यालाई सुख, तुलालाई चिन्ता, बृश्चिकलाई व्याथा, धनुलाई श्रीप्राप्ती, मकरलाई क्षति, कुम्भलाई घात र मिनराशीलाई व्यय फल प्राप्त हुने हुन्छ।
धार्मिकमान्यता अनुसार ग्रहणको समयमा मैथुन, भोजन गर्नु हुँदैन। त्यस्तै सुत्नु एवम गर्भवती महिला बाहिर निस्कनु हुँदैन।

यो ग्रहण जल तत्वराशिमा परेको छ। सम्हिता ज्योतिष अशुभ मान्दछ। जसको फल भुकम्प, सुनामी आउने देखी प्रसिद्ध व्यक्तीको हत्या एवम मृत्‍यु हुन सक्ने बताउछ। यसैलाई आधार मानेर युरोपिएन ज्योतिषले कुनै ठुलै व्यक्तीको हत्या हुन सक्ने भनेर भविस्यवाणी गरेको समाचार मिरर.को.युके ले छापेको छ। हाम्रोमा पनि ग्रहण देखिने इन्डोनेसिया एवम प्रसान्त एसियामा सुनामी र भुकम्पको खतरा ४ महिना सम्म रहिरहने देखिन्छ।
त्यस्तै ग्रहणको मास फल विचार गर्दा भारत र पाकिस्तानविच कास्मिरलाई लिएर नयाँ खतरा बढ्ने देखिन्छ। साभार : ज्योतिर्विज्ञान मञ्च