शशांक कोइराला–७४८, अर्जुननरसिंह केसी–५५१, गगन थापा–३३६

0 5

चित्रलेखा यादव–६१७, सीतादेवी यादव–६२७, उमाकान्त चौधरी–१४५, कृष्ण कार्की–२७

काठमाडौंं, फागुन २५ । नेपाली कांग्रेसको महामन्त्री र कोषाध्यक्षको मतगणना सुरु भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा दिउँसो एक बजेदेखि शुरु गर्ने भनिएपनि दुई बजेबाट मत गन्न शुरु गरिएको थियो । तीन स्थानमा मतगणना भइरहेको निर्वाचन समितिका सदस्य कृष्ण गोपाल घिमिरेले जानकारी दिए । महामन्त्रीमा अर्जुननसिंह केसी, शशांक कोइराला र गगन थापाबीच प्रतिस्पर्धामा छन् । यस्तै कोषाध्यक्षमा भने चार उम्मेदवार छन् ।

CdA-H0cUYAAY9Bdकेन्द्रीय सदस्यको मतगणना भने भोलीमात्र हुने भएको छ ।
राष्ट्रिय सभागृहमा सभापतिको मतगणना सोमबार सम्पन्न भएको थियो । काँग्रेसको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवाले एक हजार आठ सय २२ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका थिए भने अर्का प्रत्यासी पार्टीका कावा सभापति रामचन्द्र पौडेलले एक हजार दुई सय ९६ मत प्राप्त गरेका थिए । नयाँ नेतृत्वका लागि पहिलो चरणको निर्वाचन यही आइतबार सम्पन्न भएको थियो ।