नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर को नयां सोच

0 10

काठमाडौं २५ फागुन । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाएर अघि बढाउने प्रतिक्रिया दिएका छन्। १३औं महाधिवेशनबाट सोमबार राती सभापतिमा निर्वाचित भएपछि पार्टीलाई एकतावद्ध बनाएर लैजाने मेरो कर्तव्य र जिम्मेवारी हो।

सबैलाई समानरुपमा अघि बढाउँछु । पार्टीमा कसैलाई काखा पाखा नगरी अघि बढाउने बताउँदै नवनिर्वाचित सभापति देउवाले भने, गम्भीर जिम्मेवारी बोध भएको छ । म कसैलाई काखा पाखा गर्दीन। नेतृत्वका लागि भएको निर्वाचनलाई सबैले स्वभाविक रुपमा लिनु पर्ने धारणा राख्दै देउवाले भने,यो लोकतान्त्रिक अभ्यास हो । पार्टीभित्रको आन्तरिक निर्वाचनमा कोही हारेको छैन सबै जितेका छन् । यसमा जितहारको कुरा छैन।