माथिल्लो कर्णालीको गाडीमा आगजनी

0 7


काठमाडौं २५ फागुन । दैलेख–सोमबार साँझ माथिल्लो कर्णाली जलविद्युत आयोजनाको जिपमा अज्ञात समुहले आगजनी गरेका छन्। सात्तला – १ रामघाटमा रोकी राखेको बा८च १५८५ नम्वरको जिपमा अज्ञात समुहले आगो लगायका हुन् ।

आजगनी लगत्तै दैलेख प्रहरी प्रमुख वीरबहादुर ओलीको नेतृत्वमा आगो लगमउने समुहको खोजतलासमा पुगेको छ । अज्ञात समुहले रोकिराखेको आयोजनाको जिपमा पेट्रोल छर्केर आगो लगायको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी वीरबहादुर ओलीले बताउनु भयोको छ। २ जनाको समुहमा रहेको टोलीले जिपको ढोका खुल्ला रहेको अवस्थामा पेट्रोल छर्केर आजगनी गरे, डिएसपी ओलीले भने, स्थानीय र प्रहरी तत्काल पुगेकाले आजगनी नियन्त्रणमा आयो ।

भारतीय कम्पनी जिएमआरलाई आयोजनाको निर्माणको जिम्मा दिएसँगै साना दलहरुले विरोध गरेका थिए। हप्तादिन अघि मात्रै नेत्र बिक्रम चन्द नेतृत्वको माओवादी समुहले आयोजना स्थलमा विरोध कार्यक्रम गरेको थियो। अहिले आयोजनाको नेकपा–माओवादी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनर्मोचा र माओवादी विप्लव समुहले विरोध गर्दै आएका छन्। यसअघि पनि विरोधी दलका कार्यकर्ताले माथिल्लो कर्णालीको कार्यालयमा आजगनी गरी १ करोड बरावरको क्षति गरेका थिए। चारैतिरबाट आजगनी गर्ने समुहलाई पक्राउका लागि प्रहरी परिचालन भएको डिएसपीले बताए।