रामप्यारीको एक्सनपूर्ण ट्रेलर सार्वजनिक(ट्रेलर)

March 08 2016 03:52

Rekha

काठमाडौं । अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्म ‘रामप्यारी’को ट्रेलर सार्वजनिक भएको छ । आगामी चैत्र २६ गतेबाट अल नेपाल रिलिज हुने फिल्मको ट्रेलरले एक्सनलाई प्राथमिकता दिएको छ । फिल्मलाई सविर श्रेष्ठले निर्देशन गरेका छन् ।

ट्याम्पो चलाउने महिलाहरुको कथा प्रस्तुत गरिएको फिल्ममा रेखा थापालाई ट्याम्पो ड्राईभरका रुपमा प्रस्तुत गरिएको छ । ट्रेलरमा रेखाको बाइक उडाउनेदेखि भिलेनहरुसँग पानीमा भिजेर फाइट खेलेको दृश्यलाई पनि समेटिएको छ ।

फिल्ममा सविन श्रेष्ठ, आश्मा डीसी र आभाष अधिकारी प्रमुख भूमिकामा छन् ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top