काँग्रेस सभापतिको टुङ्गो दोस्रोचरणको निर्वाचनबाट

0 8

काठमाडौं, फागुन २४ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नेतृत्वका लागि भएको निर्वाचनमा कुनैपनि उम्मेदवारले स्पष्ट बहुमत ल्याउन नसकेपछि दोस्रोचरणको निर्वाचन हुने भएको छ । प्रतिस्पर्धामा अगाडि रहेका शेरबहादुर देउवाको ११ मत नपुगेपछि निर्वाचन दोस्रोचरणमा प्रवेश गरेको छ ।

देउवाले १५६४, कार्यवाहक उपसभापति रामचन्द्र पौडेलले ११६० र महामन्त्री कृष्णप्रसाद सिटौलाले ३२४ मत ल्याएका थिए । दोस्रोचरणका लागि सोमबार विहान १० वजेदेखि हुने मतदानमा देउवा र कार्यवाहक सभापति पौडेलबीच प्रतिष्पर्धा हुनेछ । तेस्रो स्थानमा रहेका महामन्त्री सिटौला भने पहिलोचरणबाट बाहिरिएका छन् ।
मतगणना राती १ः३५ वजे सुरु भएको थियो । यसअघि राति १० बजेदेखि मत गणना सुरु हुने भनिएपनि मनोनित महाधिवेशन प्रतिनिधिलाई मताधिकार दिने विषयमा विवाद भएपछि मतगणना सुरु हुन सकेको थिएन। नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट सभापति चुनिनका लागि १५ सय ७५ मत ल्याउनुपर्ने भएको छ।

आइतवार विहान १० बजेदेखि सूरु भएको मतदानमा ३१ सय ६१ महाधिवेशन प्रतिनिधि मध्ये ३१ सय ४८ प्रतिनिधिले सभापति पदका लागि मतदान गरेका थिए। कांग्रेसको विधानअनुसार सभापतिमा विजयी हुनका लागि उम्मेद्वारले कुल खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्छ।