रोनाल्डो ला लिगाको सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा

0 5

a.espncdn

एजेन्सी,फागुन २३ । क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडबाट तीन सय ५० भन्दा धेरै गोल गर्ने पहिलो खेलाडी बनेका छन् । शनिबार राति ला लिगा अन्तर्गत सेल्टा डी भिगोसँगको खेलमा चार गोल गरका रोनाल्डोले अहिलेसम्म रियल मड्रिडबाट विभिन्न प्रतयोगितामा गरी तीन सय ५२ गोल गरेका छन् । यो खेलमा रियल मड्रिड ७–१ ले विजयी भयो । यो खेलमा रोनाल्डोले ५०, ५८, ६४ र ७६ औं मिनेटमा गरी चार गोल गरेका हुन् । रियल मड्रिडका अहिलेसम्मकै सर्वाधिक गोलकर्ता रोनाल्डो ला लिगाको सर्वाधिक गोलकर्ताको सूचीमा पनि दोस्रो स्थानमा उक्लिएका छन् ।

रोनाल्डोले ला लिगामा अहिलेसम्म दुई सय ५२ गोल गरेका छ । सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड गएका रोनाल्डोले ला लिगाका दुई २८ खेलमा दुई सय ५२ गोल गरेका हुन् । उनले सन् १९४० देखि १९५५ को बिचमा दुई सय ५१ गोल गरेका टेल्मो जारालाई तेस्रो स्थानमा धकेल्दै ला लिगाको सर्वाधिक गोलकर्ता सूचीमा दोस्रो स्थानमा उक्लिएका हुन् । ला लिगाको सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा बार्सिलोनाका लियोनल मेस्सी छन् । मेस्सीले सन् २००४ देखि अहिलेसम्म ला लिगाका तीन सय ३७ खेलबाट तीन सय पाँच गोल गरेका छन् ।