नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

March 06 2016 04:45

 

 

download

काठमाडौं, फागुन २३ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको आज मूख्य दिन । काँग्रेसका १३औँ महाधिवेशनमा अहिले नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । यसका लागि काठमाडौंको राष्ट्रिय सभा गृहमा विहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने छ । सभापतिका उम्मेदवार शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाले सुरुमै मतदान गरेका थिए । मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसका ३ हजार १ सय ६१ प्रतिनिधिले मताधिकार प्रयोग गर्दैछन् । निर्वाचन समिति संयोजक राधेश्याम अधिकारीका अनुसार निर्वाचनका लागि नौ किसिमका मतपत्र बनाइएको छ । सभापतिको एउटा र महामन्त्री एवं कोषाध्यक्षका लागि एक/एकवटा मतपत्र हुनेछन् । त्यस्तै, खुल्लातर्फका २५ सदस्य र प्रदेशबाट दुई-दुई जनाका दरले निर्वाचित हुने सदस्यका लागि छुट्टाछुट्टै मतपत्र बनाइएको छ ।

आरक्षित कोटाबाट निर्वाचित हुने महिला, जनजाति, मधेसी, दलित र मुस्लिम उम्मेदवारका लागि पनि छुट्टाछुट्टै मतपत्र हुनेछन् । सबै मतपत्र फरक-फरक रंगका हुनेछन् । आज मतदान सम्पन्न भएलगत्तै सभापति पदको मतगणना सभागृहमा नै गरिनेछ । यदि कुनै उम्मेदवारले खसेको कूल मतको स्पष्ट बहुमत अर्थात ५१ प्रतिशत मत ल्याउन नसकेमा तीन जनामध्ये पहिलो र दोस्रो उम्मेदवारबीच सोमबार पार्टी मूख्यालय सानेपामा निर्वाचन गर्ने व्यवस्था मिलाइएको छ ।

 

कांग्रेसको विधानअनुसार बाँकी सदस्य मनोनयन प्रक्रियाद्वारा पूर्णता दिई ८५ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । देशभरका २४० निर्वाचन क्षेत्रबाट दुई हजार ८८०, विदेशस्थित १७ जनसम्पर्क समितिबाट १२६ जना, १७ भ्रातृ एवम् शुभेच्छुक संस्थाबाट ९८ जना र वर्तमान केन्द्रीय कार्यसमितिका ८४ जना सदस्य गरी तीन हजार १८८ महाधिवेशन प्रतिनिधिले भोलिको मतदानमा भाग लिनेछन् ।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top