देशले खोजेजस्तो जनशक्ति उत्पादन गर्न आवश्यक : मन्त्री ढकाल

0 4

ललितपुर, फागुन २३ । शान्ति तथा पुनर्निर्माणमन्त्री एकनाथ ढकालले शैक्षिक संस्थाहरुले देशले खोजेजस्तो जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताएका छन् ।

एकता एकाडेमीको दशौं बार्षिकोत्सब तथा अभिभाबक दिबसमा उनले अब पढे–लेखेका मानिसको अभाब नहुने तर इमान्दार र देशभक्तहरुको भने खडेरी पर्नसक्ने सम्भावना  रहेकोले बिद्यालयमा दिइने शिक्षा र पाठ्यक्रम प्रर्याप्त नभएको बताए ।

मन्त्री ढकालले बिद्यालयलाइ बिद्यार्थीमैत्री  बनाउन, अन्तरक्रियात्मक शैलीमा अध्यापन गराउन, नैतिक शिक्षा पढाउन तथा खोज र अनुसन्धात्मकमूलक कार्यमा लगाउन सके शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिनेमा जोड दिए ।

उनले सुबिधा सम्पन्न स्कुलमा पढनेहरुले दुरदराजमा विपन्नतामा पढ्न बाध्य  बिद्यार्थी हरुलाई सहयोग गर्ने संस्कारको विकास गर्नुपर्नेमा पनि जोड दिए ।