जिप दुर्घटना हुँदा तिन जनाको मृत्यु

0 5

 

 

डडेल्धुरा, फागुन २३ । डडेलधुराको मडिलेख गाउँ विकास समिति- १ रडुवामा जिप दुर्घटना हुँदा तिन जनाको घट्ना स्थलमै मृत्यु भएको छ ।

से १ ज ७०६ को जिप शनिबार साझ मडिलेखबाट सदरमुकाम अमरगढी आउदै गर्दा दुर्घटना ग्रस्त भएको हो ।

सागुरो बाटो भएकाले जिप दुर्घटना भएको डडेलधुरा प्रहरीले जनाएको छ । मृत्यु हुनेमा छबिलाल अवस्थी, खडक राज अवस्थी र शेरबहादुर भुल रहेका छन । जिप चालक र धनीसमेत गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।