गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कार श्रेष्ठलाई

0 5

raju shrestha

वीरगन्ज, फागुन २१ । स्वर्गीय गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कार वीरगन्जका पत्रकार राजु श्रेष्ठले पाएका छन् । नेपाल पत्रकार महासंघ पर्सा शाखाले स्थापना गरेको पुरस्कार एभिन्युज टेलिभिजनका श्रेष्ठलाई दिइएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी केशव घिमिरेले शुक्रवार पत्रकार श्रेष्ठलाई २५ हजार नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरेका थिए


कार्यक्रममा पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जराले तत्कालिन द्धन्द्धका समयमा हत्या गरिएका पत्रकार गोपाल गिरीको नाममा पुरस्कार स्थापना गरिएको जानकारी दिए । २०६० माघ १ गते पत्रकार गिरीको वीरगन्जमा तत्कालिन नेकपा माओवादीले हत्या गरेको थियो ।