विदेश सचिव स्तरीय वार्ता आङ्कवाद विरोधी लडाई प्राथमिकतामा

0 4

Jaya

नयाँ दिल्ली,फगुन २१। भारत–पाकिस्तानबीचको विदेश सचिव स्तरीय वार्ता आतङ्कवाद विरुद्धको लडाईको केन्द्रमा राखी हुने भारतले बताएको छ ।भारत प्रशासित काश्मिरको पठानकोट इलाकामा केही समय अघि भएको आतङ्कारी हमलापछि भारत–पाकिस्तानबीच हुने भनिएको विदेश सचिव स्तरीय वार्ता तत्कालका लाग स्थागित गरिएको थियो ।

आतङ्ककारी आक्रमणपछि यदी कसैले भारत र पाकिस्तानको सम्बन्ध विस्तार वा आतङ्कवाद विरुद्धको लडाई के कुरालाई प्राथमिकतामा
राख्ने भन्ने प्रश्नको उत्तर सिधा र स्पष्ट छ विदेश सचिव एस जयशंकरले बताए । दुबै देश आतङ्कवाद विरुद्धको लडाईलाई प्राथमिकतामा राखी अघि बढ्नुपर्छ, जयशंकरले थपे ।

जयशंकरले राइसना वार्ताको अवसरमा सोधिएको प्रश्नको जवाफ दिँदै भने, हाम्रो देशका हरेक नागरिकले भारत र पाकिस्तानबीच सम्बन्ध सुधार भएको हेर्न चाहन्छन्, तर यो जटिल छ । हामीले अन्य देशसँगजस्तै पाकिस्तानसँग पनि असल छिमेकीको रुपमा रहनु चाहन्छाँैँ । सम्बन्ध सुधारका लागि दुई देशबीच देखिँदै आएका जटिलतालाई समाप्त गर्नुपर्छ । यसको लागि सहज समाधान भने नभएको उनले बताए ।

नयाँ दिल्लीले पाकिस्तानसँगको सम्बन्ध सुधारका लागि इमान्दार प्रयत्न गर्ने बताउँदै दिल्ली र इश्लामावादबीच अव अत्यन्तै नयाँ सम्बन्ध स्थापित हुनु अहिलेको आवश्यकता रहेको बताए । जयशंकरले वार्ता यसै महिनामा हुनसक्ने भन्दै एक आपसमा देखिएका समस्या समाधान गर्न त्यसवेला दुवै देशले पहल गर्ने बताए ।