नेतृत्वका लागि मनोनयन दर्ता हुँदै

March 04 2016 03:54

काठमाडौं, फागुन २१ । नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । त्यसका लागि उम्मदेवारी दर्ता शुक्रवार विहान ८ वजेदेखि सुरु भएको छ । विहीवार उद्घाटन समारोहका कारण आज विहान १२ वजेदेखि १२ बजेसम्मका लागि उम्मेदवारी दर्ता गर्ने समय तोकिएको हो ।

कार्यबाहक सभापति रामचन्द्र पौडेलले आज सभापति पदमा उम्मेदवारी दर्ता गराउँदै छन् । पौडेलले दलबलसहित अहिले ९ बजे पार्टी मुख्यालय सानेपा पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गर्न लागेका हुन् । पौडेलको समूहबाट महामन्त्रीमा बिपी पुत्र डा शशांक कोइरालाले उम्मेदवारी दर्ता गराउने भएका छन् ।

कोषाध्यक्षका विषयमा पौडेल समूहले केही बताएको छैन् । स्रोतकाअनुसार पौडेल समूहबाट कोषाध्यक्षमा सीतादेवी यादवको नाम चर्चामा छ । कोषाध्यक्षको चर्चामा फर्मुला मन्सुर र पदमनारायण चौधरी पनि रहेका छन् ।
यसअघि वरिष्ठ नेता शेरबहादुर देउवाले सभापति पदमा आफ्नो उम्मेदवारी हिजो नै दर्ता गराउनु भएको थियो । विहीवार पदाधिकारीतर्फ सभापतिका प्रत्यासी वरिष्ठनेता देउवा र कोषाध्यक्षमा चित्रलेखा यादवसहित १६० जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि केही समयपछि सभापति पदमा उम्मेदवारी दर्ता गराउँदै छन् । सिटौलाको समूहबाट महामन्त्रीमा युवानेता गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीलाई अघि सारिएको छ ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top