समृद्धिको आधार निर्माण गर्ने बजेट ल्याउँछाै‌ं: अर्थमन्त्री पौडेल

0 8

काठमाडौं  फागुन २० । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रचलित मानसिकताभन्दा माथि उठेर आर्थिक समृद्धिको आधार निर्माण गर्ने गरी आगामी आर्थिक वर्ष २०७३र७४ को बजेट तयार गरिने बताउनु भएको छ ।

अर्थमन्त्रालयमा बिहीबार बसेको राजस्व परामर्श समितिको बैठक उनले यस्तो बताएका हुन्। जनताको लामो अपेक्षापछि अत्यधिक बहुमतले संविधानसभाबाट जारी भएको संविधानअन्तर्गत रहेर जारी यो पहिलो बजेट हो, उनले भने, यसले समृद्धिको आधारशीला तयार गर्नुपर्छ।

समृद्धिको पक्षमा सबैको साझा अवधारण बनिसकेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले उच्च आर्थिक वृद्धि र समृद्धिलाई ध्यानमा राखेर बजेट तयार गर्न र त्यसका लागि उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड छन्। प्रमुख आर्थिक सल्लाहाकार, अर्थ सचिव, राजस्व सचिव, निजी क्षेत्र र विज्ञहरुको सहभागीता रहेको सो बैठकमा उनले प्रचलित मानसिकताबाट माथि उठेर राजस्व नीति तयार गर्न पनि निर्देशन दिनुभयो। समस्याको गीत गाएर बस्ने होइन, समाधान दिनुपर्छ भने।

बैठकमा विभिन्न क्षेत्रसँग सम्बन्धित ९ वटा उपसमितिले राष्ट्रिय, क्षेत्रीय र स्थानीय स्तरमा अन्र्तक्रियाहरु सञ्चालन गरी प्राप्त सुझावहरुका आधारमा प्रतिवेदनसहित सिफारिस गर्ने छ।