कांग्रेस र एमाले हातेमालो गरौं स् ओली

0 4

काठमाडौँ, फागुन २० । नेकपा ९एमाले०का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई सुरक्षित, सुदृढ तथा संस्थागत विकास गर्न राजनीतिक दलबीच थप सहकार्य, सहमति आवश्यक भएको बताएका छन् ।

नेपाली काँग्रेसको १३ औं महाधिवेशनको उद्घाटनमा उनले विकास निर्माण र राष्ट्रिय एकता कायम गर्न आफ्नो पार्टी सबै शक्तिसँग मिलेर अगाडि बढ्न चाहेको बताए ।


“लोकतान्त्रिक संविधानमार्फत जनताका हकअधिकार संस्थागत र सुदृढ गरिएका छन्, जनता आर्थिक उन्नतिको नयाँ चरणमा प्रवेश गरेका छन्, अब विगतका तरिका र शैली परिवर्तन गर्नुपर्छ”, अध्यक्ष ओलीले भने ।

देशको आर्थिक विकास तथा समृद्धिका लागि राजनीतिक दलहरुले ध्यान दिनुपर्ने बताउदै उनले यसका लागि नेपाली काँग्रेस र एमाले मुख्यरुपमा हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए ।

अध्यक्ष ओलीले नेपाल हिमाल, पहाड, तराई, एक सय २५ जनजाति, एक सय २३ भन्दा बढी भाषाभाषी भएको देश, पूर्वदेखि पश्चिमसम्म विभिन्न व्यापार, व्यवसाय र संस्कृति अपनाएको देश भएको चर्चा गर्दै सबै भाषा, जाति र पेसालाई सम्मान गर्न जरुरी रहेको समेत बताए ।

उनले लोकतान्त्रिक तथा प्रजातान्त्रिक आन्दोलनको इतिहासमा काँग्रेसले असाधारण योगदान दिएको चर्चा गर्दै नेपाली समाजलाई राणा शासनको अन्धकार युगबाट आधुनिक युगसम्म ल्याउन काँग्रेसले धेरै मिहिनेत, पसिना बगाएको, धेरै जुक्ति खियाएको र बलिदान गरेको बताए । “लोकतन्त्र प्राप्तिको आन्दोलन तथा जनताको जीवनस्तरमा परिवर्तन ल्याउन काँग्रेसको योगदान उच्च रहेको छ”, उनले भने ।

“काँग्रेसको यो महाधिवेशन कर्मकाण्डी र नियमित संवैधानिक प्रक्रिया मात्र हुनु हुँदैन, नीतिगत, व्यावहारिक र नेतृत्वगत रुपमा आफूलाई तयार राख्नुपर्छ”, उनले भने ।