एकसय ७३ एलपी ग्यास सिलिन्डर लिलामी

March 03 2016 04:07

पथरी (मोरङ),फागुन २० । दुई महिनाअघि विराटनगरबाट पक्राउ गरिएका १७३ वटा एलपी ग्यास सिलिन्डर आज लिलामी गरिएको छ ।

भारतको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको बन्दका बेला तस्करी नियन्त्रण गर्ने क्रममा विराटनगर बसपार्कबाट तस्करी गरी ल्याइएका एलपी ग्यास सिलिन्डर मोरङ प्रहरीले पक्राउ गरेको थियो ।

गुणस्तर तथा नापतौल पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख मनिसकुमार दासका अनुसार ती सिलिन्डर बिक्रीका लागि क्षेत्रीय कार्यालयले बोलपत्र आह्वान गरेको थियो । यसमा प्रतिसिलिन्डर एक हजार ३५० रुपैयाँका दरले सबैभन्दा बढी रकम हाल्ने विराट शिल्पा इन्टरप्राइजेजका बाबुलाल भुरालाई बिक्री गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरिएको छ ।

क्षेत्रीय कार्यालय प्रमुख दासका अनुसार जिल्ला प्रशासन कार्यालय, नगर प्रहरी, वाणिज्य कार्यालय, विराटनगर उपमहानगरपालिका र ग्यास विक्रेताहरुको रोहवरमा कार्यालयले सो बोलपत्रका आधारमा सिफारिस गरेको जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top