बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु

0 27


काठमाडौँ, फागुन २० । काठमाडौँ महानगरपालिकाले आज महानगरभित्रका बालबालिकालाई भिटामिन ‘ए’ जुकाको औषधि खुवाउनुका साथै बर्नभिटा बाँड्ने बताएको छ ।

महानगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख हरि श्रेष्ठका अनुसार जन्मेको ६ महिना देखि ५९ महिनासम्मको बालबालिकाका लागि यस किसिमको व्यवस्था रहेको हो ।

श्रेष्ठका अनुसार महानगरपालिकाको ३५ वडामा झन्डै ३५ केन्द्रमार्फत बालबालिकाले उक्त सेवा प्राप्त गर्न सक्ने र सोही केन्द्रमा नै सुत्केरी र गर्भवती महिलालाई पनि आवश्यक परामर्श दिने तयारी रहेको महाशाखाले जानकारी दिएको छ ।

केन्द्रमा आएका सबै बालबालिकाका लागि कुपोषण छ कि छैन भनी जाँच गर्ने र भएकालाई आवश्यक सल्लाह दिने पनि बताइएको छ । यस कार्यक्रमका लागि झन्डै ६०० जना स्वास्थ्य स्वयम्सेविका र एक सय क्लिनिक इन्चार्जसमेत सक्रियरुपमा लाग्ने जानकारी गराइएको छ ।

उक्त कार्यक्रम २०, २१, २२ र २३ गतेसम्म सञ्चालन हुनेछ ।