होटल मालिकलाई पूर्वयुवराज पारसले हाने मुक्का

0 6

काठमाडौं फगुन १९ । पूर्वयुवराज पारसलाई सुध्रिएको देख्न चाहने उनका शुभचिन्तकहरु फेरि एकपटक निराश बनाएका छन् । आफूले मागे जति रकम नदिएपछि नातेदारलाई पारसले गतसाता कुटपिट गरेकाले उनका हितौषीहरु निराश हुने अवस्था देखीयको हो ।

प्राप्त जानकारीअनुसार पूर्वयुवराज पारस निकै खर्चालु छन् र महिनामा लाखौंलाख रुपैयाँ खर्च गर्ने क्षमता उनमा रहेको छ । आफ्ना पिता ज्ञानेन्द्रबाट आफ्नो आवश्यकता पूरा नहुने भएपछि नातेदार, साथीभाई र शुभचिन्तकहरुसँग पारसले रकम मागेर काम चलाउने गरेका छन् ।

गतसाता पोखरा पुगेका पारसले मागेजति रकम नदिएका कारण फेवा ताल किनारमा रहेको फिसटेल होटलका राणा थरका मालिकलाई उनको कार्यकक्षमै कुटपिट गरे छन् । जानकारीअनुसार पारसले ती नातेदार होटल मालिकसँग आफ्नो खर्चको लागि २५ लाख रुपैयाँ मागेका थिए ।

तर, उनले त्यति ठूलो रकम आफूसँग नभएको बताउँदै पाँच लाखसम्म दिन सकिने जानकारी गराए । त्यसपछि आक्रस भएका पारसले ‘के म तसँग भिख माग्दैछु भन्ने प्रश्न गर्दै मुक्का वर्षाएका थिए ।