बिमल, अन्जन र अनन्त स्पेनी क्लबमा अनुबन्धित

0 4

काठमाडौं,फागुन १८ । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा खेलाडीहरु बिमल घर्ति मगर, अन्जन बिष्ट र अनन्त तामाङलाई स्पेनिस क्लब मार्बेला युनाइटेडले अनुबन्ध गरेको छ । क्लबले फेसबुक पेज मार्फत उनीहरूलाई अनुबन्धित गरेको जनाएको छ । सन् २०१६ को यूरोपियन टुर अन्तर्गत जर्मनी, होल्यान्ड र बेल्जियममा हुने खेलका लागि तीनैजना खेलाडीलाई मार्बेला क्लबले अनुबन्धित गरेको बताएको छ ।

१९ वर्ष मूनिको साफ च्याम्पियनसिप, बंगबन्धु गोल्डकप फुटबल र दक्षिण एशियाली खेलकुद विजेता खेलाडी तथा उत्कृष्ट लयमा रहेका बिमलसंगै अनन्त तामाङ र अन्जन बिष्टलाई स्पेनको क्लब मार्बेला युनाइटेड एफसीले बोलाएको हो । उनीहरु तीनै जना आउँदो मार्च ५ मा स्पेन प्रस्थान गर्ने एन्फाले जनाएको छ। स्पेनमा दुई महिने प्रशिक्षणमा रहँदा उनीहरुले मार्च १३ देखि ३१ सम्म हुने मैत्रीपूर्ण खेलका लागि नेदरल्याण्डको पनि भ्रमण गर्नेछन्।