म्यानमारमा राष्ट्रपतिको निर्वाचन मार्च १० मा

0 7

नाइपित्व, १८ फागुन । म्यानमारमा राष्ट्रपतिको निर्वाचन मार्च १० मा हुने भएको छ । म्यानमारको मङ्गलबार बसेको संसद् बैठकले उक्त मिति तोकेको हो ।

म्यानमारका राष्ट्रपतिको निर्वाचन मार्चको १७ गते हुनेगरी यसअघि मिति तय गरिएकोमा सो मितिमा मङ्गलबार बासेको बैठकले परिवर्तन गरेको हो ।

उक्त निर्वाचनपछि मार्चको ३१ मा वर्तमान सरकारको पनि कार्यकाल पूरा हुने भएकोले त्यसपछि नयाँ सरकार गठन हुने जनाइएको छ ।

म्यानमारको संसद्को पहिलो बैठक यही फेब्रुअरी ८ मा बसेको थियो । सो बैठकपछि नै मार्च महिनामा राष्ट्रपतिको निर्वाचनको मिति तोकिएको थियो ।

म्यानमारको राष्ट्रपतिमा त्यहाँका प्रजातान्त्रवादी नेत्री आङ सान सुकीको पनि चर्चा छ । तर पनि त्यहाँको संविधानले उहाँलाई यस पदका लागि प्रतिबन्ध लगाएको छ ।

उहाँको उम्मेदवारीका लागि म्यानमारको वर्तमान सरकारसँग वार्ता सुरु भएको बताइएको थियो । तर यस विषयमा पछिल्लो समाचार भने केही आएको छैन ।