जलिरहेको चितामा हामफालेर एकको मृत्यु

0 7

जाजरकोट,फागुन १८ । बलिरहेको आगोमा  हामफाल्दा एकजनाको मृत्यु भएको छ ।

जाजरकोट जिल्लाको थालारैकरमा मसानघाटको सलोमा बलिरहेको आगोमा हामफालेका व्यक्तिको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । हामफालेर मृत्यु हुनेमा थालारैकर–८ का ६० वर्षीय मानबहादुर थापा रहेको प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले बताए ।

कालगतीले मरेका दिलवर खत्रीको लास जलाइरहेको अवस्थामा एक्कासि थापाले हामफालेको बताइएको छ । सती प्रथाको झल्को दिने गरी भएको यो घटनाले जिल्लावासीलाई अचम्भित बनाएको छ ।