तारा एयर दुर्घटनाको अनुसन्धान गर्न गठित आयोगद्वारा छानबिन सुरु

0 6

म्याग्दी, फागुन १८ । तारा एयरको विमान दुर्घटनाको विषयमा अनुसन्धान गर्न गठित आयोगले छानबिन सुरु गरेको छ । आयोगका संयोजक एवम् पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य नेतृत्वको पाँच सदस्यीय टोलीले विमान दुर्घटना भएको ठाउँको सोमबार स्थलगत निरीक्षण गरेको इलाका प्रहरी कार्यालय दानाका प्रहरी सहायक निरीक्षक सोमन छन्त्यालले जानकारी दिए ।

टोलीले घटनास्थलको भौगोलिक वस्तुस्थिति, दुर्घटनाग्रस्त विमानको निरीक्षण र नापजाँच गरेको उहाँले बताए । निरीक्षणका क्रममा संयोजक आचार्यको साथमा यति एयर र नेपाल एयरलाइन्सका दुई विमान चालक, एक इञ्जिनियर र एक जना विदेशी विज्ञ पनि सहभागी थिए ।