बुढासुब्बा गोल्डकपमा आज पुलिस क्लव र भारत कालिङ्पोङको शेरे क्लब भिड्ने

0 5

काठमाडौं, फागुन १८ । धरानमा जारी १८ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाईनल खेलमा आज पुलिस क्लव र भारत कालिङ्पोङको शेरे क्लब भिड्नेछन् । आजको खेलपछि प्रतियोगिताको सेमिफाईनल समीकरण पुरा हुनेछ ।

यसअघि हिजो भएको खेलमा पोखरा–११ माथि संघर्षपूर्ण जित हासिल गर्दै सशस्त्र प्रहरीको एपिएफ टिमले अन्तिम चारमा ठाउँ बनाएको छ ।

निर्धारित ९० मिनेटसम्म १-१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा एपिएफ ५-४ ले विजयी भयो । एपिएफले अब सेमिफाईनलमा मनाङ मस्र्याग्दी क्लवसँग खेल्नेछ ।