नेपालको सुचना विकास र पारदर्शितामा खर्च गर्न २ अर्व रुपैयाँ भन्दा वढी सहयोग

0 5

काठमाडौं, फागुन १८ । बेलायतले नेपालको सुचना विकास र पारदर्शितामा खर्च गर्न २ अर्व रुपैयाँ भन्दा वढी सहयोग गरेको छ । वेलायती सहयोग नियोग डिफिडमार्फत नेपाललाई १५ मिलियन पाउण्ड स्टर्लिङ अथार्त २ अर्व २८ करोड रुपैयाँ सहयोग गरेको हो ।

सहयोग सम्वन्धी सम्झौता पत्रमा अर्थमन्त्रालयमा आज वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख वैकुण्ठ अर्याल र डिफिडका प्रमुख जेल मार्गेटिले हस्ताक्षर गरे ।

अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग र तथ्याङक विभाग मार्फत सहयोग रकम खर्च गरिने अर्थमन्त्रालयका उपसचिव भूवन कार्कीले जानकारी दिए । नेपालको महत्वपुर्ण दातृ निकाय डिफिडले भूकम्प पुनर्निर्माण लगायत अन्य विभिन्न परियोजनामा आर्थिक सहयोग गर्दै आएको छ ।