नयाँ शक्तिबारे खनिए आङकाजी

0 9

काठमाडौं,फागुन १८ । जनजातिका नेता आङकाजी शेर्पाले आफ्नो फेसबुकमा बाबुरामको भट्टराईको नयाँ शक्तिलाई औल्याउदै कडा आलोचना गरेका छन् । यस अघिपनि फेसबुकमा कडा आलोचना गर्दै आएको शेर्पाले भट्टराईको नयाँ शक्तिबारे खनिएका छन् । उनले नयाँ शक्तिपनि ब्राह्मणवाद भएको संज्ञा दिदै हिजो बर्गीय मुक्तिका लागी गरिबका छोरा छोरीलाई बन्दुक बोकाएर आज शहरका हिरोइन र धनाढ्यहरुलाई च्याप्दै हिड्ने गम्भीर आरोप लगाएका छन् ।

शेर्पाले फेसबुकमा भनेका छन् “दुखका बेला बन्दुक बोकाएर १० बर्षे युद्धा लडायौ हामीलाई १ सुख बेलाका मयालु मुस्कान सुकिला मुकिला करिश्मालाई राजनितिक स्वार्थमा दुख पर्दा गरिबका छोरा छोरीलाई बन्दुक बोकाएर लडाए आज तिनै लाई लत्याएर शहरकी हिरोइन लाई समाए भन्ने भाव बाट तिखो प्रहार गरेका हुन ।

नयाँ शक्तिलाई धोकेबाजको संज्ञा दिदै नयाँ बोतलमा पुरानो माल भनेका छन् । १२ बर्षको घनिभूत युद्द पछी पनि देशले परिवर्तनको काँचुली नफेर्दा नेपाली राजनीतिको इतिहासलाई विभिन्न अध्यायका रुपमा चित्रण गर्दै अहिलेको राजनीति पुजीबादी अभ्यासको स्वरूप दिरह्दा धेरैले पठित बुद्दिजिबिको बहाना भनेर टिप्पणी पनि गरेका छन् ।