आफ्नै परिवारका १४ सदस्यको हत्या गरेपछि आत्महत्या गरे

0 11

एजेन्सी/काठमाडौं, फागुन १६ । भारतको मुम्बई नजिक कासारवडवाली क्षेत्रमा एक जना व्यक्तिले आफ्नै परिवारका १४ सदस्यको हत्या गरेपछि आत्महत्या गरेको छ । उसले शनिबार राती १४ आफ्नै परिवारका सदस्यको घाटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।  हत्यापछि उसले फाँंसी लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सात बालबालिका,६ महिला र एक पुरुष छन् । गम्भीर रुपमा घाइते एक महिलालाई अस्पतालमा भर्ना गरिएको छ ।  कासारवडवाली निवासी हसनैन वरेकरले शनिबार राती उसले आफ्ना सबै दिदी बहिनीलाई घरमा बोलाएको थियो । सबै दिदी बहिनीहरु आफ्ना बच्चासहित माइत गएका थिए । प्रहरीले यसको अनुसन्धान भइरहेको जनाउँंदै यसका पछाडि पारिवारिक विवाद हुन सक्ने अनुमान गरेको छ ।

हसनैन मुम्बईको एक निजी कम्पनीमा कार्यरत थिए । यस हत्याकाण्डमा हसनैनी एक भान्जी बचेकी छिन् । उनको अवस्था पनि गम्भीर छ । उनलाई बचाउन सके रहस्य खुल्ने प्रहरीको अनुमान छ । हत्याकाण्ड राती करिव १ बजे भएको छिमेकीहरुले बताएका छन् ।