कंग्रेसको केन्द्रिय समिति बैठक आज

0 6

काठमाडौं, फागुन १६ । महाधिवेशन तयारीका लागि नेपाली कंग्रेसको केन्द्रिय समिति बैठक आज पनि बस्दैछ । सानेपा स्थित केन्द्रिय कार्यालयमा दिउसो १ बजेपछि बस्ने बैठकमा महाधिवेशन तयारीका लागि भइरहेका कामको समिक्षा हुने बताइएको छ ।

कंग्रेसको १३ औ महाधिवेशन यहि २० गतेदेखी काठमाडौमा हुदैछ । आजको बैठकमा नीति तथा कार्यक्रमबारे थप छलफल हुदैछ । गत साता बसेको बैठकमा नीति तथा कार्यक्रम पेश भएपनि सदस्यले चर्को आलोचना गरेपछि निर्माण उपसमितिले परिमार्जन गरेर आजको बैठकमा पेश गर्ने तयारी गरेको हो ।

बिधान संशोधन प्रस्ताव भने आजको बैठकमा पेश हुने संभावना नरहेको नेताहरुले बताएका छन । पदधाकिारी बढाउने बिषयमा सहमति नभएपछि बिधान संशोधन उपसमितिले प्रस्तावलाइ अन्तिम रुप दिन सकेको छैन ।