बाढीले रोजीरोटी बगायो : माझीको पुख्र्यौली पेसा सङ्कटमा

0 4

majhi

पाँचथर । तमोर नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका माझी समुदाय सङ्कटमा परेका छन् ।

गत जेठमा ताप्लेजुङको विभिन्न गाविसमा गएको बाढी पहिरोले माछा बगाउँदा अहिले नदीमा कमै माछा रहेको माझी बताउँछन् ।

बिहानदेखि बेलुकीसम्म जाल हान्दा पनि एक छाक माछा मार्न हम्मेहम्मे हुने गरेको उनीहरु बताउँछन् । माछा मारेर बेच्दै गुजारा चलाउँदै आएका माझीटारका माझी समुदाय चिन्तित भएका छन् । स्थानीय राजेन्द्र माझीले नदीमा माछा अत्यन्तै पातलिएको बताए । उनले दिनभरिमा एक÷दुई किलो माछा मार्न पनि गाह्रो हुने गरेको उल्लेख गरे ।

माछा नदीमा कम भएपछि पुख्र्यौली पेसालाई अवलम्बन गरौँ की नगरौँ भन्ने दोधारमा माझी समुदायका युवापुस्ता रहेका छन् । माछा मारेर स्थानीय फिदिम बजारमा बिक्री गर्दै थिए । तर आजभोलि तरकारी खानै नपुग्ने बताउँछन् । अमरपुर–९ पिनासीघाटका प्रकाश माझीले बाढीले आफूहरुको रोजीरोटी बगाएको बताए । हामी व्यापार व्यवसाय गर्दैनौँ ।

हामी त माछा मारेर जीविका चलाउँछौँ । उनले थपे– “पुर्खालाई खुसी पार्न पनि माछा मार्ने पेसा अङ्गाल्नु पर्छ । जिल्लाको अमरपुर–९ पिनासीघाट, नक्कलेघाट, फिदिम र भारपाको सङ्गममा पर्ने माझीटारसँगै सिम्राघाट र लुमुघाटमा गरी करिब १५० परिवार माझी वर्षौंदेखि माछा मार्ने पेसा अङ्गाल्दै आएका छन् ।