अधुरै रह्यो बुहारी भित्राउने बाबुआमाको सपना

0 9

काठमाडौं,फागुन १५ । धुमधामका साथ बुहारी भित्र्याउने चाहना पालेका बुुबाआमाका लागि छोराको दुःखद् निधनको खबर सहन कति कठिन हुन्छ भन्ने निष्ठुरी दैवलाई के थाहा । छोरा सन्तोष रानाको विवाह गरी बुहारी भित्र्याउने सपना बोकेका दलबहादुर रानाको परिवारमा शुक्रवार उनिहरुमाथि बज्रपात भयो ।

काष्ठमण्डप एयरका सहचालक सन्तोषको दुःखद निधनको खबरले काठमाडौं कपनमा रहेकी उनको आमा मुर्छा परिन् । बुवा दलवहादुर भने भैरहवामा एमालेको कार्यक्रममा थिए । २८ वर्षे सन्तोषका लागि घरमा बुहारीको खोजी गर्दै थिए बुबाआमा । सन्तोषले आफु चालक भएपछि मात्र बिहे गर्ने प्रण लिएका थिए ।

दैवको लीला, न सन्तोष अब चालक बन्नेछन् न त आमाबुबाको चाहना नै पूरा हुनेछ ।सन्तोषले काष्ठमण्डप एयरमा गत वैशाखदेखि काम गरीरहेका थिय । उनले फिलिपिन्सबाट पाइलट कोर्स सटिपेकेट हासिल गरेका थिए । उनका दाजु बेलायती सेनाबाट सेवानिवृत भएकाले उतै बसोबास गरेका छन् ।