विमान दुर्घटनामा परी मृत्यु पाइलट एमाले नेता तथा पूर्वमन्त्री छोरा

0 9

 

काठमाडौं,फागुन १४ । काण्ठमण्डप एयरको विमान दुर्घटनामा परी मृत्यु हुने को–पाइलट एमाले नेता तथा पूर्वमन्त्री दलबहादुर रानाका कान्छा छोरा हुन् । नेपालगंजबाट जुम्लाका लागि उडेको भरेकोे काष्ठमण्डप एयरको विमान कालिकोटमा दुर्घटना हुनपुग्यको थियो ।

दुर्घटनामा परी पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको मृत्यु भएको छ । मृत्यु हुने को–पाइलट राना एमाले नेता तथा पूर्वभूमिसुधारमन्त्री दलबहादुर रानाका कान्छा छोरा हुन् ।

११ महिनादेखि सन्तोष काण्डमण्डप एयरमा कार्यरत रहदै आएका थिए । उनले फिलिपिन्सबाट पाइलट कोर्स पुरा गरेका राना कम बोल्ने र मिजासिला स्वभावका थिय ।  जहाज दुर्घटनाको समाचार पाएपछि एमाले नेता राना नेपालगन्ज पुगेका छन् ।

उनका जेठा छारो ब्रिटिस आर्मीमा कार्यरत छन् ।