सिंगल इञ्जिन भएका विमान लाई यात्रु बोक्न रोक

0 10

काठमाडौं,फागुन १४ । सरकारले सिंगल इञ्जिनको विमानमा यात्रु बोक्न तत्कालका लागि रोक लगाएको छ । क्रमस नेपालको आकाशमा विमान दुर्घटना बढेपछी संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री आनन्द पोखरेलले सिंगल इञ्जिन भएका विमान लाई यात्रु बोक्न रोक लगाएका हुन्। मन्त्रीको निर्देशनपछि गोमा, सीता, र काष्ठमण्डपका जहाज अब यात्रु बोक्न नपाउने भएका छन् ।

परीक्षणपछि केही दिनपछि लगाइएको रोक फुकुवा गर्ने मन्त्रीले सुनाए। काष्ठमाण्डप एयरको जहाज दुर्घटना भएपछि मन्त्री सिधै त्रिभुवन विमानस्थलमा पुगेर त्यहाँका अधिकारीसँग छलफल गरेका थिए।