एयर काष्ठमण्डपको विमान दुर्घटना,२ को मृत्यु, ९ घाइते

0 6

Plan-Crass-in-Nepal1

काठमाडौं,फागुन १४ । नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालीकोटमा दुर्घटनामा परेको छ ।  कालीकोटको चिल्खाया गाविस–२ चिल्खाया गाउँमा दुर्घटना हुँदा क्याप्टेन दिनेश न्यौपाने र सहचालक सन्तोष रानाको मृत्यु भएको छ ।

उत्त  जहाजमा ११ जना यात्रु रहेका थिए । घाइते हुनेहरु नौ मध्ये पाँच पुरुष र तीन महिला अनि एक साने बालक  रहेका छन् ।घाइते तथा मृतकलाई अहिले नेपालगञ्जलगिएको छ । त्यहाँको कोहलपुर मेडिकल कलेजमा घाइतेहरुको उपचार भइरहेको छ ।