नम्बर फेर्न बाध्य अनमो

0 8

काठमाडौंफगुन १४ , अभिनेता अनमोल केसी पछिल्लो समय युवापुस्तामा निकै रुचाइएका नव कलाकार हुन् । उनले अभिनय गरेका दुई फिल्म होस्टेल र जेर लगातार हिट भएपछि उनको फ्यान फलोइङ अत्याधिक बढेको हो।

फ्यान बढी हुनु कलाकारका लागि राम्रो हो। तर, अनमोल यिनै कारण हैरान भएका छन। प्रदर्शनको तयारीमा रहेको उनी अभिनीत चलचित्र ड्रिम्सुको एक कार्यक्रममा उनले यस्तो रहस्य खोलेका हुन्।

अनमोल महिनैपिच्छे आफ्नो मोबाइल नम्बर फेर्ने गर्छन्। किन यस्तो गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, केटीहरूले हैरान पार्छन् क्या ! उनको जवाफ सुनेर सबै मस्त हाँसेका थिए ।