ओली फर्कीय तर तेल फर्कीयन

0 5

काठमाडौं फगुन १४( प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि इन्धन आपूर्ति सहज हुने आसमा रहेका आम नेपाली उपभोक्ता झन् निराश भएका छन्। प्रधानमन्त्री ओली भारत भ्रमणबाट बुधबार फर्किएकै भोलिपल्ट (बिहीबार) इन्डियन आयल कर्पोरेसन (आइओसी) ले बरौनी र रक्सौलमा इन्धन लोड नदिएपछि भारतको नियत माथि थप आशंका पइदा भएको छ।

प्रधानमन्त्रीले आउँदाआउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार भेटघाट गरी असमझधारी सकिएको, द्विदेशीय सम्बन्धु मा सुधार आएको बताएका थिए।दुई प्रधानमन्त्रीबीच संयुक्त विज्ञप्ति जारी नहुनु र फर्केकै भोलिपल्ट दुई नाकामा लोड नदिइनुलाई भने कूटनीतिक रुपमा अर्थपूर्ण मानिएको छ।

आइओसीले कागजी झन्झट देखाएर बुधबार बरौनीमा ग्यास लोड घटाएकोमा बिहीबार एक बुलेट ग्यास पनि लोड दिएन। मंगलबारसम्म दैनिक १६र१७ बुलेट लोड दिएको आइओसीले बिहीबार एक बुलेट पनि लोड नदिएपछि निगमका अधिकारी थप सशंकित छन्। सामान्य अवस्थामा सो नाकाबाट २५ बुलेट लोड हुने गरेको थियो।

बिहीबार भारतका ढुवानी व्यवसायीको आन्दोलनको बहाना बनाएर रक्सौलबाट पनि पेट्रोलियम पदार्थ पेट्रोल ,डिजेल , दिइएन। मधेसी दलको नाकाकेन्द्रित आन्दोलनको बहानामा नाकाबन्दी लगाएको भारतले वीरगन्ज नाका खुलेसँगै इन्धन आपूर्ति भने बढाएको थियो। आपूर्ति बढेर ७० प्रतिशत पुगेकोमा प्रधानमन्त्रीको भारत भ्रमणपछि शतप्रतिशत आउने अपेक्षा थियो।

आन्दोलनरत मधेसी मोर्चाले माघ २५ गते आन्दोलन फिर्ता लिएपछि क्रमशः इन्धन आपूर्ति बढेर ६५र७० प्रतिशतसम्म पुगेको थियो। आयल निगमका उच्च अधिकारीले आइओसीसँग पटकपटक सम्पर्क गरेर आपूर्ति बढाउन आग्रह गरेपछि घुमाउरो भाषामा ुहाइ कमान्ड को निर्देशन नआएको संकेत गरेका छन्।

हामीसँग कुरा गर्दा तेल दिँदैनौं भन्दैनन् एक निर्देशकले भने, पूरापूर दिने विषयमा आइओसीको उपल्लो निकायलाई देखाएर पन्छिने गरेका छन्। भारतले ७० प्रतिशतभन्दा लोड बढाउन आनाकानी गरेपछि निगमले इन्धन आपूर्ति बढाउन पहल गर्न भारतमा रहेको नेपाली दूतावासलाई अनुरोध गरिसकेको छ।