को बलियो को कमजोर

0 11

काठमाडौं । यही फागुन २० गतेदेखि हुन गइरहेको नेपाली कांग्रेसको १३औं महाधिवेशनमा को बलियो को कमजोर ? भन्ने विश्लेषण सुरु भइरहेको छ ।

मधेसी आन्दोलनबाट प्रभावित आठ जिल्लाका अधिकांश निर्वाचन क्षेत्रबाहेक  देशका सबै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिहरू छनोट भइसकेका कारण यो विश्लेषण हुनु स्वाभाविकै हो ।   कडा चुनावी प्रतिस्पर्धा हुने अवस्था रहेका कारण दुवै पक्षले आ–आफ्ना महाधिवेशन प्रतिनिधिहरू धेरै आएको दाबी गरेका छन् ।

आफ्नो पल्लाभारी देखाउनको निम्ति यो दाबी स्वाभाविकै हो ।महाधिवेशन प्रतिनिधिहरूमा ८० प्रतिशत पुरानै आएका कारण पनि को कुन पक्षका हुन् ? भन्ने कुरा नाम र अनुहार हेरेरै छुट्याउन सकिने अवस्था छ । यसरी हेर्दा   वरिष्ठ नेता शेरबहादुर देउवा पक्षधर ५५ देखि ६० प्रतिशत रहेका छन् भने कोइराला पक्षधर ४० देखि ४५ प्रतिशत रहेका छन् ।

यसैगरी, जिल्ला सभापतिमा हालसम्म ३५ जिल्लाको परिणाम आएको छ । जसमध्ये देउवा पक्षधर १९ जना र कोइराला पक्षधर १३ जना छन् । नुवाकोटका जगदीशनरसिंह केसीलगायतका तीनजना कतै पनि  खुलेका छैनन् ।

देउवाको पल्लाभारी छ या रामचन्द्र पौडेलको पल्लाभारी छ भन्ने कुरा अनुमान गर्न पाठकलाई सहज होस् भनेर यसै अंकमा प्राप्त भएसम्मका नामावली प्रस्तुत गरिएको छ ।