कराँतेले सागमा मेडल नजितेको भन्दै कार्कीद्वारा कराँते महासंघ परित्याग

0 7

काठमाडौं,फागुन १३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले कराँते महासंघको संरक्षकबाट अलग भएको घोषणा गरेका छन् । विगत लामो समयदेखि नेपाल करांते महासंघको संरक्षक रहँदै आएका कार्कीले भारतमा भर्खरै सम्पन्न १२ औं सागमा कराँतेले मेडल नजितेको भन्दै अलग हुने निर्णय गरेको बताएका छन् ।

सामाजिक संजाल (फेसवुक)मा स्ट्याटस लेख्दै कार्कीले ‘कराँते टोलिले १२ औं सागमा कठोर पराजयको सामना गर्नुपरेको’ उल्लेख गरेपनि बाह्रौं सागमा नेपाली कराँते टोली सहभागी थिएन । भारतमा सक्रिय रहेका दुईओटा कराँते संघको विवादका कारण यसपटकको साग आयोजक कमिटीले कराँते पतिायागीता नगराउने निर्णय गरेको थियो ।

भारतमा एउटा कराँते संघ भारतिय खेल प्राधिरकणको मातहत संचालन हुँदै आएको छ भने अर्को संघ विश्व कराँते महासंघको सम्वन्धनमा संचालन हुँदै आएको छ ।

नेपालको खेल जगतमा बेग्लै पहिचान र ऐतिहांसिक महत्व बोकेको कराँतेले वितमा हाँसिल गरेको उपलब्धि नेपालीको लागी गौरव र आत्माभिमानको विषय भएको उल्लेख गर्दै कार्कीले भारतमा सम्पन्न दक्षिण एशियाली खेल स्पर्धामा कराँतले कठोर पराजयको सामना गर्दै यस खेलले कमजोर दिशा र दशालाई प्रतिनीधीत्व गरेको बताएका छन् ।