म्यानचेस्टर सिटी विजयी, एथ्लेटिको मड्रिड बराबरीमा रोकियो

0 9

m city

एजेन्सी,फागुन १३ । युएफा च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइलनको पहिलो लेगमा म्यानचेस्टर सिटी विजयी भएको छ । बुधबार राति भएको खेलमा युक्रेनी क्लव डाईनामो किभको मैदानमा भएको प्रि–क्वाटरफाईनल पहिलो लेगको खेलमा सिटी ३–१ ले विजयी भयो ।

किएभको मैदानमा भएको खेलमा सिटीलाई जिताउन सर्जियो अग्युरो, डेभिड सिल्भा र याया टुरेले गोल गरे । दोस्रो लेग आउँदो चैत दुई गते सिटीको मैदानमा हुनेछ ।

यस्तै बुधबार राति नै भएको खेलमा गएराति भएको अर्को खेलमा नेदरल्याण्ड्सको पिएसभी आईन्डोभन र स्पेनको एथ्लेटिको मड्रिडबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

६८ औं मिनेटमा ग्यास्टोन परेरो रातोकार्ड खाँदै मैदानबाट बाहिरिएपछि पिएसभी अन्तिमको २२ मिनेट १० खेलाडीमा सीमित भएको थियो । दोस्रो लेग चैत दुई गते एथ्लेटिको मड्रिडको मैदानमा हुनेछ ।