गाँजाको बोट फँडानी

0 7

लहान, १३ फागुन । प्रहरीको संयुक्त गस्ती टोलीले आज बिहान सिरहाको गोलबजार नगरपालिका–१० धरमपुरमा स्थानीयवासीद्वारा अवैध रुपमा लगाइएको एकसयभन्दा बढी गाँजाको बोट फँडानी गरेको छ ।

इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी सुरक्षा बेसक्याम्प गोलबजारबाट खटिएको संयुक्त गस्ती टोलीले स्थानीयवासीद्वारा खेतबारीमा अवैध रुपले लगाइएको १५० जति बोट फँडानी गरेको प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।

फँडानी पछि स्थानीयवासीको रोहवरमा बोट नष्ट गर्नुका साथै प्लास्टिकको झोलामा बाँधेर राखिएका ४० पोका गाँजासमेत प्रहरीले बरामद गरेको थियो ।