तारा एयर दुर्घटना: अधुरै रह्यो विवाहको तयारी

February 25 2016 03:30
 
काठमाडौं फगुन १३ – तारा एयरकाे ९ए-एएचएच दुर्घटनामा निधन भएका सहपाइलट डिकेश नम्कुल ललितपुर पाटन निवासी हुन्। २९ वर्षीय उनले एक वर्षअघि मात्र तारा एयरमा काम थालेका थिए। रमाइला स्वभावका दीकेशले सन् २०१४ मा साउथ अफ्रिकाबाट उडान कोर्स सिध्याएर फर्किएका थिए।
एक हप्ता अगाडि उनले साथीहरूसँग चिसापानी हाइकिङ जाने योजना बनाएका थिए। दुई दिदी र एक बहिनीका डिकेश एक्ला भाइ हुन्। ललितपुर माध्यमिक विद्यालयबाट एसएलसी सिध्याएका उनी साथीभाइबीच रमाइलो र हाँसी मजाक गर्ने व्यक्तिकाे रूपमा परिचित थिए।
नेवार समुदायको पकड भएको पाटनमा जन्मी, हुर्की गरे पनि उनलाइ नेवारी बोल्न गाह्रो लाग्थ्यो। सधैँ रमाइलो गर्नुपर्ने उनी जोक सुनाउनलाइ भने नेवारी भाषा प्रयोग गर्थे।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top