जहाज सम्पर्कविहीन

0 3

पोखरा, १२ फागुन । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ ।

आज बिहान ७ः५० बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको सो जहाज केही समयपछि सम्पर्कविहीन भएको नागरिक उड्डयन कार्यालय, पोखराका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिनुभयो ।

९ एनएएचएच ट्विनअटर विमानमा दुई बालबालिकासहित २० जना यात्रु र चालकदलका तीनजना रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जहाजको खोजी भइरहेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीका अनुसार जहाज म्याग्दीको कुनै स्थानमा दुर्घटनामा परेको हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी नेपाली सेनाको हेलिकप्टर र एयर डाइनेस्टीको हेलिकप्टरबाट खोजीकार्य भइरहेको छ ।