बुरुन्डीका राष्ट्रपति र प्रतिपक्षी दलबीच वार्ता हुने ः महासचिव बान

0 3

बुरुन्डी, ११ फागुन । बुरुन्डीमा गएको १० महिनायता देखिँदै आएको राजनीतिक सङ्कट अन्त्य गर्ने प्रयासस्वरुप यहाँको सत्तापक्ष र आन्दोलनरत् प्रतिपक्षबीच छिट्टै वार्ता हुने संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले मङ्गलबार बुरुन्डीका राष्ट्रपतिसँग भेटेपछि राष्ट्रपति पिएरे नुरुन्जिजाले प्रतिपक्ष दलसँग वार्ता गरी देशमा देखिएको राजनीतिक सङ्कट समाधानमा पहल गर्न सहमत हुनुभएको हो ।

संयुक्त राष्ट्रसङ्घको पहलमा यहाँको प्रतिपक्षी दलले यसअघि नै वार्तामा बस्न सहमति जनाएको थियो ।

बुरुन्डीका सत्ता पक्ष र सबै विद्रोही पक्ष वार्ताका लागि सहमत भएकाले वार्ताको मिति छिट्टै तय हुनेमा महासचिव बानले विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपतिले आफू स्वयम् सर्वपक्षीय वार्तामा बसी विद्यमान सङ्कट अन्त्य गर्न तयार भएको राष्ट्रसङ्घका महासचिव बानसँगको भेटपछि नुरुन्जिजाले बताउनुभएको हो ।

You might also like More from author