भण्डारीको गीतमा रञ्जन र खुशिको रोमान्स

0 10
फागुन, १०  । गायक चिरञ्जिवी भण्डारीको नयाँ गीतको भिडियो छायाँकन सकिएको छ । ‘म भन्छु यो गर’ बोलको गीतको भिडियोमा काठमाडौंका रमणिय स्थलका दृश्यहरु कैद गरिए ।
12746017_1712841508855925_34450082_n
भिडियो चर्चित हाँस्य कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मह स्टुडियोमा पनि छायाँकन गरिएको छ । गायक भण्डारीले यो गीतलाई महत्यकांक्षी प्रोजेक्ट ठान्दै दर्शकमाझ चिनिने माध्यम नै यो गीत हुने आशा लिएका छन् ।
 12782551_1712841495522593_1456559205_n
भण्डारीको गीतको भिडियोमा रञ्जन अर्याल र खुशी भण्डारीले मोडलिङ गरे । युवराज वाईवाले निर्देशन गरेको भिडियो उत्कृष्ट बनेको दाबी निर्देशकको छ । भिडियो हप्तादिन भित्रै सार्वजनिक गरिने तयारी निर्माण युनिटको छ ।
12746283_1712841532189256_969492186_n
उत्सव दाहालले छिचेको भिडियोले प्रेम कथा बोल्नेछ । त्यसो त शकर कंडेलको ‘सान्नानी’ एल्बममा समावेश भण्डारीको यो गीतमा एरेञ्जर पुष्के सुनुवार छन् ।