विदेशी पर्यटकले फिजी छोड्नथाले

0 6

सुभा, १० फागुन । फिजीमा आएको भीषण सामुद्रिक आँधी विन्सटोनपछि त्यहाँ रहेका विदेशी पर्यटकद्धारा फिजी छोड्ने क्रम जारी रहेको छ ।

यस प्रशान्तमहासागरीय द्वीप राष्ट्रमा आएको यस आँधीमा परी सोमबारसम्म कम्तीमा १७ व्यक्तिको मृत्यु भएपछि विदेशी पर्यटकले त्रासका कारण फिजी छोड्न थालेको बताइएको छ ।

फिजीका प्रधानमन्त्री भोरेकी बैनीमारामाले आइतबार यस आँधीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या ६ पुगेको पुष्टि गर्नुभएको थियो ।

सोमबारसम्म यो सङ्ख्या १७ पुगेको प्रकोप व्यवस्थान अधिकारीहरुले फिजीको राजधानीमा पुष्टि गरेका छन् । फिजी सरकारले ३० दिने राष्ट्रिय प्रकोपको घोषणा गरेको छ ।

त्यसैगरी सरकारले राष्ट्रव्यापी रुपमा कफ्र्युको घोषणा गरेको छ । यस प्रकोपको कारण विद्यालयहरु पनि बन्द गरिएको छ ।

यसैबीच चीनले पनि भीषण सामुद्रिक आँधीले सताएको फिजीलाई मानवीय सहयोग गर्ने प्रबन्ध मिलाइरहेको जनाकारी दिएको थियो ।

फिजी यस प्रकोपबाट कम्तीमा पनि १७ व्यक्तिको मृत्यु हुनुको साथै सयौँ घर ध्वस्त भएको बताइएको छ ।