कोइरालाको अस्तु महाकाली नदीमा विसर्जन

February 21 2016 10:14

भीमदत्तनगर, ९ फागुन । नेपाली कांग्रेसका सभापति स्व सुशील कोइरालाको अस्तु आज महाकाली नदीमा विसर्जन गरिएको छ ।

पूर्वप्रधानमन्त्री कोइरालाको १३औँ दिनको पुण्यतिथिमा अवसर पारेर महाकाली नदीको भुजेला घाटमा अस्तु विसर्जन गरिएको हो ।

कांग्रेस कञ्चनपुरका पार्टी सभापति एवम् सांसद बहादुरसिंह थापाले काठमाडौँबाट ल्याइएको पूर्वप्रधानमन्त्री कोइरालाको अस्तु कञ्चनपुरको भीमदत्तनगरपालिका–११ भुजेलास्थित महाकाली नदीमा विसर्जन गरेका हुन् ।

सो अवसरमा पार्टी सचिव भोजराज बोहरालगायत जिल्लास्तरीय नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top