कपिलको नयाँ शो चाँडै शुरु हुँदै ; शाहरुख पहिलो पाहुना

0 5

srk nd kapil

काठमाडौं / कपिल शर्माको ‘कमेडी नाइट्स विथ कपिल’ बन्द भए पछि उनको नयाँ शो कहिले आउँला भनेर प्रतिक्षारत दर्शकहरुले चाँडै नै उनको नयाँ शो हेर्न पाउने भएका छन् ।

कलर्स च्यानलसँग दुश्मनी बढेपछि उनको शो बन्द भएको थियो अब भने उनले चाँडै नै सोनी टेलिभिजनबाट नयाँ शो सुरु गर्दैछन् ।
शनिबार र आइतबार राति १० बजे प्रसारण हुने यस शोमा कपिलका पहिलेका सदस्यहरु सुमोना चक्रवर्ती, सुनिल ग्रोवर, असगर र किकु

शारदा नै हुनेछन् ।
त्यसैगरी उनको कार्यक्रमको पहिलो पाहुना भने बलिउडका बादशाह शाहरुख खान हुनेछन् भने कार्यक्रमको शैली पनि पहिलेकै जस्तो हुनेछ ।

शाहरुख उनको अप्रिल १५ मा रिलिज हुने आगामी फिल्म  ‘फ्यान’ को प्रचारका लागि कपिलको शोमा पहिलो पाहुना रुपमा आउनेछन् ।