पछि हटे जेब बुस

0 3

वासिङटन, ९ फागुन । फ्लोरिडा राज्यका पूर्व गभर्नर जेब बुस अमेरिकाको राष्ट्रपति पदको उम्मेदबारबाट पछि हटेको समाचार छ ।
उहाँले अमेरिकाको राष्ट्रपति निर्वाचनबाट आफू पछि हटेको समाचार शनिबार सार्वजनिक गर्नुभएको हो । साउद क्यारोलिना प्राइमरीमा उहाँ पराजित भएपछि राष्ट्रपतीय निर्वाचनको दौडबाट पछि हट्नु भएको जानकारी दिनुभएको हो ।

साउथ क्यारोलिनाको प्राईमरीमा पछि परेपछि आफ्ना समर्थकहरुलाई दिनुभएको सम्बोधनमा उहाँले भन्नुभयो– न्यु ह्यामसायर, आयोवा र साउथ क्यारोलिनाका जनताले मेरो बारेमा धेरै कुरा बोलीनै सक्नुभएको छ र म उहाँहरुको म प्रतिको निर्णयको स्वागत गर्दछु ।
शनिबार राति साउथ क्यारोलिनाको प्राइमरीको परिणाम आएको थियो । त्यसमा उहाँ पछि पर्नुभएको थियो । यसअघिका अरु दुईवटा

प्राइमरीको परिणाम पनि उहाँका लागि त्यति फाइदाजनक थिएनन् ।
सो राज्यमा भएको मतदानको ८२ प्रतिशत परिणाम सार्वजनिक हुदासम्ममा उहाँले ८.१ प्रतिशतमात्र मत प्राप्त गर्नुभएको थियो । त्यस लगत्तै उहाँले आफूले प्रतिश्पर्धाको दौडबाट पछि हटेको घोषणा गर्नुभएको हो ।
अमेरिकाको आगामी राष्ट्रपतिको निर्वाचनमा उहाँ रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो ।