एमाओवादीका ४ जना नयाँ शक्ति प्रवेश

0 7

 


आइतबार ९ फागुन, २०७२ काठमाडौं— सिन्धुपाल्चोकका ४ जना जिल्लाका क्रियाशील व्यक्तित्वहरु एमाओवादी परित्याग गरी बाबुराम भट्टराईको नयाँ शक्ति प्रवेश गरेका छन्।
ध्रुव पराजुली, गोविन्द पराजुली, दिलबहादुर श्रेष्ठ, बाबुराम कार्कीले एमाओवादी परित्याग गरेका हुन्।

दलहरुको भ्रस्ट आचारण, गलत नियतले जनताप्रतिको दायित्व पूरा गर्ने सम्भावना नरहेको भन्दै नयाँ शक्ति प्रवेश गरेको उनीहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। जनतामा नयाँ आशा जगाउन र देशले आर्थिक सम्वृद्धि हासिल गर्न नयाँ भिजन जरुरी भएको भन्दै उनीहरुले उल्लेख गरेका छन्।