राष्ट्रपति ओबाको भ्रमणको क्युबाद्वारा स्वागत

0 7

हवाना, ७ फागुन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आगामी केही हप्ताभित्र क्युवाको भ्रमण गर्नुहुने समाचारको क्युबाले स्वागत गरेको समाचार छ ।
उहाँले क्युबाको भ्रमण गर्नुहुने समाचार बुधबार मात्र सार्वजनिक भएको थियो । सो भ्रमणपछि क्युबाली अधिकारीहरुले स्वागत गरेका बताइएको छ ।
ओबामाले अमेरिकी राष्ट्रपतिको हैसियतमा दशकौँपछि क्युबाको भ्रमण गर्न लाग्नुभएको समाचारपछि क्युबाली अधिकारीहरुले यस भ्रमणले दुई देशबीचको सम्बन्धमा थप सुधार ल्याउने अपेक्षा गरिएको बताएका हुन् ।
क्युबाली विदेशमन्त्रालयको अमेरिकी मामिलासम्बन्धी प्रमुख जोसेफिना भादलले भन्नुभयो– यो ऐतिहासिक भ्रमण हुनेछ र यसले सन् १९५९ पछि बिग्रिएको यी दुई देशको सम्बन्धलाई थप सुधार गर्न सघाउने छ ।
यसअघि एकजना अमेरिकी वरिष्ठ कूटनीतिज्ञले पनि ओबामाले गर्न लागेको यस भ्रमणबाट यी दुई देशकाबीचको सम्बन्ध थप प्रगाढ बन्ने अपेक्षा गरिएको छ ।
आगामी केही हप्तामा राष्ट्रपति ओबामाले ल्याटिन अमेरिकी देशहरुको भ्रमण गर्न लाग्नुभएको र सो भ्रमणको तालिका छिट्टै नै सार्जजनिक हुनेछ । सोही भ्रमणकै क्रममा उहाँले क्युबाको पनि भ्रमण गर्नुहुने बताइएको हो ।
क्युबामा सन् १९५९ मा भएको क्रान्तिपछि संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको रुपमा यो पहिलो भ्रमण हुन लागेको बताइएको छ ।
यसअघि सन् १९२८ मा मात्र अमेरिकी पूर्व राष्ट्रपति क्याल्भिन कुलिजले क्युबाको भ्रमण गर्नुभएको थियो ।
गएको जुलाई महिनामा आधा शताब्दिभन्दा लामो समयदेखि विग्रिएको सम्बन्ध सुधारको प्रयास भएको थियो । सो प्रयासस्वरुप राष्ट्रपति ओबामाले सम्बन्ध पुनःस्थापनाको प्रयास गर्नुभएको थियो । सो प्रयासपछि पहिलो पटक यो भ्रमण हुन लागेको हो ।
सन् १९५९ मा क्युबाको राष्ट्रपतिमा फिडेल क्यास्त्रो आएपछि अमेरिकाले आर्थिक नाकाबन्दी सुरु गरेको थियो । त्यसदेखि यता सो नाकाबन्दी लगाई नै रहेको छ ।