विभागकै सेटिङमा नहुने भयो म्यानपावर कम्पनीमाथि कारवाही

0 8

roj

‘फाइल नै गायव’  
रोशन कार्की
काठमाडौं । वैदेशिक रोजगारमा जाने कामदारसँग बढी रकम लिएर थोरै रुपैयाँको रसिद दिने म्यानपावर कम्पनीमाथिको कारबाहीका लागी सिफारीस गरेको फाइन नै सम्बन्धित निकायबाटै गायब भएको समाचार प्राप्त भएको छ । गोप्य रुपमा प्राप्त सूचना अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कारवाही गर्न बैदेशिक रोजगार विभागमा पठाएको फाईल प्रति १० लाख रुपैयाँ लिने सहमतीमा कर्मचारीले गायव गराएको उच्च स्रोतको दाबी रहेको छ ।
श्रम मन्त्रालय र विभागका कर्मचारीको इच्छाशक्ति बलियो नहुँदा ठगी गर्ने म्यानपावर कम्पनीमाथिको कारबाही नहुने पक्कापक्की भएको छ । विभागले १ सय म्यानपावर कम्पनीको सूची माघको तेस्रो सातामा ल्याउने र फागुनभित्रै कारबाही गर्ने भनाइ पनि ‘हावादारी’ सावित भएको छ । विभागको म्यानपावर कम्पनीमाथिको अनुगमन पनि कामदारभन्दा सरकारी कर्मचारीले बढी फाइदा उठाइरहेको आरोप पीडितले लगाइरहेका छन् ।
विभागले ठगी गर्ने १ सय म्यानपावर कम्पनीको सूचीको तयारी अन्तिम चरणमा र्पुयाएको भए पनि यसलाई सार्वजनिक नगर्नु आश्चर्यपूर्ण भएको विभागका एक निर्देशकले बताए ।
तर, विभागका निर्देशक जनकराज रेग्मीले सूची अन्तिम चरणमा पुगिसकेकाले चाँडै सार्वजनिक हुने जानकारी दिदै आए पनि सो अनुसार कारवाही नहुने पक्कापक्की भएको स्रोतको भनाई रहेको छ ।  पछिल्लो समय महिला कामदार पठाउने म्यानपावर कम्पनीको बदमासी बढिरहेको छ । विभागमा उजुरी बढी पर्नेमा कोसी, रिभर, भिजन एन्ड भ्यालु, मोन्टेज र शिखर छन् । कुबेतका पूर्वराजदूत मधुवन पौडेलको साझेदारी भएकाले भिजन एन्ड भ्यालुले त्यहाँको रोजगारमा एकलौटी गर्दै आएको म्यानपावर कम्पनीभित्रै चर्चा चल्ने गर्छ । व्यवसायीले भने मलेसियाको रोजगार कटौतीको अनुसन्धानभन्दा सरकार म्यानपावर कम्पनीमाथि कारबाहीको हल्ला गरिरहेको गुनासो गर्छन् । कामदारको आक्रोश भने विभाग कर्मचारी र म्यानपावर कम्पनी दुवैतर्फ छ ।
रिइन्ट्रीमा अतिरिक्त आम्दानी
रिइन्ट्री शाखामा विभागका कर्मचारी जान शक्तिकेन्द्रको सोर्स लगाउँछन् । अतिरिक्त आम्दानी अत्यधिक हुन थालेपछि रिइन्ट्री शाखाको आकर्षण बढिरहेको छ । यो शाखामा रहेका कर्मचारीलाई दलालले अतिरिक्त आम्दानी दिन्छन् । दलालले वैदेशिक रोजगारमा नै नगएका कामदारलाई पनि प्रतिफाइल १० देखि १५ हजार रुपैयाँ लिएर श्रम स्वीकृति गराइदिन्छन् । यसको ६० प्रतिशत हिस्सेदारी कर्मचारीको हुन्छ । विभागको शक्तिशाली काठमाडौं शाखाका उच्च कर्मचारीको संरक्षणका कारण रिइन्ट्री शाखा बदनाम भएको विभाग स्रोतले जनायो ।