पेट्रोलियम पदाथको साताभित्र आपूर्ति सहज हुने

0 6

काठमाडौँ, ३ फागुन । नेपाल आयल निगमले उपभोक्ताको माग बमोजिम पेट्रोलियम पदाथको वितरणलाई प्रभावकारी बनाउने भएको छ ।

इन्धन आपूर्ति बढेपनि उपभोक्ताले सहज रुपमा पेट्रोलियम पदार्थ नपाएको गुनासो बढिरहेका बेला निगमले सामान्य अवस्थामा जस्तै वितरणलाई प्रभावकारी बनाउने भएको हो । एक दुई दिनभित्रै आपूर्ति पूर्णरुपमा सहज बनाइ उपभोक्तालाई लाइन बस्न नपर्ने गरी प्रट्रोलियम पदार्थ वितरण गरिने विभागका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले बताउनुभयो । गत शुक्रबार यता ठूलो परिमाणमा पेट्रोलियम पदार्थ भित्रिएको छ । शुक्रबार तीन लाख ६० हजार लिटर पेट्रोल र चार लाख ८० हजार लिटर डिजेल भित्रिएको छ ।

आइतबार पाँच लाख ९३ हजार लिटर पेट्रोल र पाँच लाख दुई हजार लिटर डिजेल आपूर्ति भएको र आज पनि सोही परिमाणमा आपूर्ति हुने घिमिरेको भनाइ छ । काठमाडौँ उपत्यकामा सामान्य अवस्थामा दैनिक तीन लाख ५० हजार लिटर पेट्रोलियम पदार्थको माग हुँदै आएको छ । शुक्रबार मात्र रक्सौल नाकाबाट दुई हजार किलोग्राम पेट्रोलियम पदार्थ लोड भएको र आज साँभmसम्म थप आपूर्ति हुने निगमले जनाएको छ ।

निगमले पेट्रोलियम पदार्थको आपूर्ति बढेको बताए पनि बजारमा उपभोक्ताले सहज रुपमा इन्धन पाउन भने सकेका छैनन् ।